Responsive Advertisement
Responsive Advertisement

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा जोनसले आफ्नो एउटा सपनाको बारेमा बताएकी छन्। साथै उनले आफ्नो सपनामा आफ्नो श्रीमान वा अमेरिकी पप गायक निक जोनस रहेको बताएकी छन्।



प्रियंकाले इंस्टाग्राममा एक सुन्दर तस्विर पोस्ट गरेकी छन, जसमा उनी समुन्द्रको किनारमा घामको आनन्द लिईरहेकी छन्। फोटोको ब्याकड्रपमा निक पनि रहेका छन र उ केहि काम गरिरहेका छन्। यस फोटोको क्यापशनमा प्रियंकाले लेखेकी छन,”सपना देखिरहेको छु कि आइल्याण्डको एक बोटमा आफ्नो निकको साथ छु। म एकदम रो,मान्टिक मुडमा छु।




।”प्रियंकाको हाल फिल्म ‘द व्हाइट टाइगर’ डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो। रमिन बहारानीको निर्देशनमा बनेको यस फिल्ममा आदर्श गौरव र राजकुमार राव पनि महत्वपूर्ण भूमिकामा रहेका छन्।


योभन्दा पहिला १५ मार्चमा उनले आफ्नो भावनालाई साझा गरेर बताएकी थिइन् कि ९२ औँ एकेडेमी अवार्डसको नोमिनेशन घोषित हुदा कति खुशी भएकी छन्। यस बाहेक प्रियंकाले न्यूयोर्कमा रेस्टुरेन्ट खोल्ने चर्चामा रहेकी थिइन्। यस रेस्टुरेन्टको मेन्यूमा भारतीय परिकार रहनेछ।





प्रकाशित मिति २०७८ बैशाख ३ गते शुक्रबार ०९:५२

Post a Comment

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement