भारतीय लोकप्रिय नायिका प्रियंका चोपडा अहिले पति निक जोनशसँग खुशीसाथ जिन्दगी बिताइरहेकी छिन् । आँफुभन्दा कान्छा पतिले प्रियंकालाई निकै खुशी राखेको उनीहरुको ब्यबहार र सामाजिक संजालमा उनीहरुले दिने अभिब्यक्ति र मिलेर गरेको कामले नै प्रस्ट हुन्छ । विबाह गरेको लामो समयसम्म पनि यो जोडी हनिमुन टुरमा जसरी अहिले पनि ब्यस्त नै छ।


हालै सुन्दरी नायिका प्रियंकाले निकबारे नयाँ खुलासा गरेकी छिन्। उनले एक अन्र्तवार्तामा निजी जीवन र निक जोनसलाई लिएर अनेक कुराकानी गर्दै भनिन् जोन हरसमय उनीतिर आकर्षित भइरहन्छन्। प्रियंका भन्छिन मलाइ निकले एकछिन पनि छोड्नै मान्नुहुन्न। र हरेक दिन बिहान उठेर उनको मुहार हेर्छन् । उनले केही दिन पहिले बर्थ डे मनाउदा निकले ल्याएको केकको मूल्य कारण चर्चामा थिइन्।

जसको मूल्य पाँच लाख परेको एक अन्तरपार्तामा उल्लेख गरेकी छिन् । यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको घोषणा सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोनस दुवैले सहभागीता जनाएका थिए । यो जोडीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएको हो । एक भिडियोमा प्रियंकाले भनेकी छिन्, ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैछौं र मलाई यसबारे थाहा थिएन ।’
प्रकाशित मिति २०७८ बैशाख ८ गते बुधबार ०८:१०

Post a Comment